You are viewing the translated version of बीमालेखको हक हस्तान्तरण.

Section 22
बीमालेखको हक हस्तान्तरण
(१) ऐनको दफा ६३ को उपदफा (५) बमोजिम बीमितले बीमालेख परिपक्व हुँदा वा परिपक्व . हुनुअगावै निजको मृत्यु भएको अवस्थामा बीमालेखबाट प्राप्त हुने सुविधा अन्य कुनै व्यक्ति वा संस्थाले पूर्ण वा आंशिक रूपमा प्राप्त गर्ने गरी हक हस्तान्तरण गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम बीमितले बीमालेखको हक हस्तान्तरण गर्नुअघि हस्तान्तरण गर्नुको उचित- कारण सहित बीमकलाई अनुरोध गर्नु पर्नेछ र त्यस्तो कारण उपयुक्त देखिएमा बीमकले त्यस्तो बीमितले माग गरे बमोजिम बीमालेखको हक हस्तान्तरण गरी दिन सक्नेछ।

(३) बीमालेखको हक हस्तान्तरण बीमा बहाल रहेको अवधिभित्र जुनसुकै बखत गर्न सकिनेछ।

(४) सम्पत्तिको स्वामित्व:हस्तान्तरण वा बिक्री भएको मितिले नब्बे दिनसम्मको बीमालेख बीमकले निःशुल्क नामसारी गरिदिनु पर्नेछ र सो अवधिसम्म नामसारी नभएको अवस्थामा त्यस्तो बीमालेख स्वतः निष्क्रिय भएको मानिनेछ।